Logo

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड विनियोजन



काठमाडौं । सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रकम विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि बजेट विनियोजन गरेको बताए ।

उनका अनुसार उक्त कार्यक्रम प्रदेश तथा स्थानीय तहको सहकार्यमा सञ्चालन गरिने छ । अर्थमन्त्री पुनले  ‘प्रधानमन्त्री छोरी कार्यक्रम’ ले छोरीलाई रोजगारउन्मुख शिक्षा तथा उद्यमशील प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot