Logo

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट १८ खर्ब ६० अर्ब ३० करोड



काठमाडौँ, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट संघीय संसद्अन्तर्गतको दुवै सदनमा प्रस्तुत गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि कूल खर्च १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ ।

कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्