Logo

बजेट वक्तव्य: भौतिकलाई १ खर्ब ५० अर्ब ५३ करोड, गृहलाई कति ?



काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पूर्व–पश्चिम राजमार्ग बिस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । काठमाडौं–तराईरमधेस द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन भएको छ । त्यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि ३ अर्ब ६८ करोड र हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए ।

त्यस्तै भौतिकलाई भन्दा धेरै बजेट विनियोजन भएको गृह मन्त्रालयलाई सरकारले १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्