Logo

मेलम्ची खानेपानी आयोजनालाई ५० करोड बजेट विनियोजन



काठमाडौं,१५ जेठ । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने घोषणा गरेका हुन् ।

मन्त्री पुनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने भन्दै बजेटमा मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छाएर विस्तार गरिने मन्त्री पुनले घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot