Logo

संसदीय छानविन समितिका लागि कांग्रेसले दियो दुई सांसदको नाम



काठमाडौं, १५ जेठ । सहकारी ठगी प्रकरण छानविनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) बारे सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ । सत्तापक्ष र प्रतिपक्षबीच टीओआरमा भएको सहमतिसँगै संसद् अवरोध अन्त्य भएको छ ।

सहकारी ठगी प्रकरणमा छानविन समितिको माग गर्दै नेपाली कांग्रेसले लामो समयदेखि संसद् अवरोध गर्दै आएको थियो । संसदीय समितिको टीओआरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडानबाट कांग्रेस ब्याक भएसँगै सहमति जुटेको हो ।

संसदीय छानविन समिति ७ सदस्यी बन्ने भएको छ । उक्त समितिमा कांग्रेसबाट २ जना, एमालेबाट २ जना, माओवादी, राप्रपा र रास्वपाबाट १÷१ जना सहभागी हुने भएका छन् ।

सहकारी ठगी प्रकरण छानविनका लागि बन्न लागेको संसदीय समितिमा कांग्रेसले आफ्नो तर्फबाट दुई जनाको नाम संसद् सचिवालयमा बुझाएको छ । कांग्रेसले सहमहामन्त्री बद्री पाण्डे र सांसद ईश्वरीदेवी न्यौपानेको नाम बुझाएको हो ।



प्रतिक्रिया दिनुहोस्