Logo

बागमती प्रदेश योग खेलकुद संघको अध्यक्षमा केदारनाथ बस्ताकोटी सर्वसम्मत चयन



काठमाडौं, १५ जेठ । बागमती प्रदेश योग खेलकुद संघको अध्यक्षमा केदारनाथ बस्ताकोटी सर्वसम्मत चयन भएका छन् । काठमाण्डौंको त्रिपुरेश्वरस्थिर राष्ट्रिय खेलकुद परिषद् परिसरमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट बस्ताकोटीको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको हो । संघको उपाध्यक्षमा ईला उपाध्याय,सचिवमा मनोज कुमार थापा,कोषाध्यक्षमा शंकरदेव श्रेष्ठ र सदस्यहरुमा रमा कार्की, चन्द्र सापकोटा, आकृति श्रेष्ठ, आयुष कुमार डोटेल, अमृत थोकर, जगन्नाथ दाहाल र भेषराज साहसहितको टिम निर्विरोध रुपमा चयन भएको छ ।

उद्घाटन सत्र बागमती प्रदेश खेलकुद संघका निवर्तमान अध्यक्ष पर्शुराम आचार्यको सभापतित्व र राखेप पुर्व सदस्यसचिव केशव कुमार बिष्टको प्रमुख आतिथ्यमा भएको थियो । नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सुर्य बहादुर कार्की, उपाध्यक्ष डा. दिपा पाण्डे, उपाध्यक्ष डा. स्वामी केदारमान राजभण्डारी, कोषाध्यक्ष प्रेम खड्का, सचिव दिलिप कुमार बिष्ट केन्द्रिय सदस्यहरु पुष्करराज पन्त,डा.देवकी श्रेष्ठ, डा.सुशिला बिडारी, अर्चना घिमिरे, सुदुरपश्चिम प्रदेश अध्यक्ष गीता सोडारी साथै योग, ध्यान, आरोग्य, सञ्जाल महासचिव नवराज काफ्लेलगायत बागमती प्रदेशका बिभिन्न जिल्ला अध्यक्ष, सचिव, कोषाध्यक्षहरु र प्रदेश प्रतिनिधिहरुको उपस्थितिमा भब्यताका साथमा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि केशब कुमार बिष्टले योगको बिश्वब्यापी चर्चासँगै छिट्टै योग खेलकुदले विश्वभर पहिचान स्थापित गर्दै मुख्य खेलहरु जस्तै चर्चित हुने दावी गरे ।



प्रतिक्रिया दिनुहोस्