Logo

सरकारले संयमित भएर बजेट ल्याएको छः पूर्व गभर्नर नेपाल



काठमाडौं, १६ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चीरञ्जिवी नेपालले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट संयमित भएर ल्याउन खोजिएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजश्वको लक्ष्य ठीक रहेको र बजेटको समग्र पक्ष पनि धेरै महत्वकांक्षी नरहेको बताएका हुन् ।

‘अहिलेको स्थितिमा अलिकता संयमित भएर बजेट ल्याउन खोजेको जस्तो देखिन्छ । योभन्दा अगाडि अलिबढी महत्वकांक्षी भएर १४ खर्ब राजश्व उठाउन खोजिएको थियो । यो वर्ष चाही १२ खर्ब ६० अर्ब उठाउने भनिएको छ । त्यसले गर्दा त्यो र अहिलेको स्थितिमा देखिएको बजेट धेरै महत्वकांक्षी छन्,’– उनले भने ।

साथै, सर्वजनिक ऋण धेरै राखिनु बजेटको सबैभन्दा नराम्रो पक्ष रहेको उनले बताए । वैदेशिक ऋण, अनुदान र आन्तरिक ऋणअन्तर्गको वित्तीय व्यवस्थापनि एकदमै महत्वकांक्षी रहेको उनले बताए ।

नेपालमा बजेट कहिले पनि नराम्रो नआएको बताउँदै उनले कार्यान्वयन पक्ष भने एकदमै कमजोर रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्