Logo

छानबिन समिति नाममा सरकारसँग कांग्रेस लत्रिएको भन्दै कमल थापाको असन्तुष्टि



काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा सरकारसँग संसदीय छानबिन समिति गठनको नाममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तत्रिएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि जनाएका छन् ।

मंगलबार ७ सदस्यीय संसदीय छानबिन विषेश समिति गठन भएसँगै कांग्रेसले गर्दै आएको सदनको अवरोध हटेको छ । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री रहेका थापाले सो समितिलाई हावादारीको संज्ञा दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सहकारी विवाद र सम्झौता प्रकरणमा यदि यही हावादारी सम्झौता गर्नु थियो भने महिनौँसम्म संसद अवरुद्ध गर्ने, समय बर्बाद गर्ने र करोडौँ व्यय गराउने कांग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्