Logo

व्यवस्थामात्रै होईन, अवस्था परिवर्तनको प्रक्रिया पनि अगाडि बढिसक्योः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवस्थामात्रै परिवर्तन नभएर अब जनताको अवस्था परिवर्तनको प्रक्रिया पनि अगाडि बढिसेको बताएका छन् । आज (बुधबार) सिन्धुपाल्चोकको चौतारामा चीन सरकारको सहयोगमा चौतारा अस्पतालको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आगामी वर्षको बजेटले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरिसकेको बताए ।

‘हिजो सम्मानित सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरिइसकिएको छ । संघीय सरकारले रणनीतिक महत्वको कार्यक्रम अगाडि सारेको छ । व्यवस्थामात्रै परिवर्तन भएको होईन, अवस्था पनि परिवर्तनको प्रक्रिया अगाडि बढेको कुरा आत्मविश्वासका साथ भन्न सकिन्छ,’– उनले भने ।

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउनुपर्ने भन्दै नेपाली कांग्रेसले लामो समयदेखि गर्दै आएको सदन अवरोध आफ्नै विशेष पहलमा समाधान भएको समेत बताए । उनले संसद्को गतिरोध अन्त्य भएसँग नीति कार्यक्रम र बजेटलाई सहज रुपले अगाडि बढाउने वातावरण बनेको बताए ।

‘नेपालको राजनीतिमा धेरै उत्तारचढावहरु छन् । तपाईहरुले ती उतारचढावहरुलाई महशुस गरिरहनु भएको छ । तर, पनि फेरि राजनीतिक नेतृत्वकै पहलमा ती उत्तारचढावभित्र आउने जटिलता र चूनौतिहरुलाई समाधान पनि गर्दै आएको छ । पछिल्ला दिनमा सदनमा जे अप्ठ्याराहरु थिए, सरकारकै नेतृत्वमा, प्रधानमन्त्रीकै विशेष पहलमा त्यसको समाधान गरिएको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्