Logo

विपक्षी गठबन्धनको बैठकमा माधव नेपालको पनि इन्ट्री



काठमाडौं, १६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल विपक्षी गठबन्धन दलको बैठकमा सहभागी भएका छन् । आज (बुधबार) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्डमा बसेको विपक्षी दलको बैठकमा अध्यक्ष नेपाल पनि सहभागी भएका हुन् ।

अध्यक्ष नेपालको साथैमा पार्टी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरी पनि सहभागी भएका छन् । विपक्षी दलको बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको छ ।

एकीकृत समाजवादी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी छ । अध्यक्ष नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट संघीय सरकारमा दुई जना मन्त्री छन् । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारी पनि एकीकृत समाजवादीकै प्रदेश सभा सदस्य हुन् । त्यस्तै, अन्य प्रदेशमा पनि एकीकृत समाजवादीको सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्