Logo

महिला नेतृत्व राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छः पूर्व राष्ट्रपति भण्डारी



काठमाडौं, १६ जेठ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समग्र राष्ट्रिय मुद्दामा राष्ट्रको नेतृत्व लिन महिला अग्रसर हुनुपर्ने बताएकी छन् । आज (बुधबार) नेकपा (एमाले) को राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उनले मुलुकलाई आर्थिक विकास र आर्थिक समृद्धि तर्फ अगाडि बढाउने दायित्व महिलाहरुले लिन अग्रसर हुनुपर्ने बताएकी हुन् ।

‘महिलाले समग्र राष्ट्रिय मुद्दामा राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ।’ उनले भनिन्, ‘आर्थिक समृद्धि र विकास हासिल गर्नतर्फ मुलुक अगाडि बढाउने दायित्व हाम्रो दायित्व हाम्रो काँधमा छ।’

पूर्व राष्ट्रपति भण्डारीले हिंसाको मूल कारण पुरुष नभई हिंसामा आधारित सामाजिक व्यवस्था रहेको उल्लेख गरिन् । उनले राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिताको विषय ऐतिहासिक रहेको बताईन् । उनले उक्त उपलब्धी कार्यान्वयनमा अझै चूनौति कायमै रहेको बताईन् । उनले महिलालाई आधा आकाश नभएर पूरै आकाशको रुपमा चित्रण गरिन् ।

एमालेमा रहेर लामो समय सक्रिय राजनीतिमा सहभागी भएकी पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनेर एमालेको महिला राष्ट्रिय भेलामा सहभागी भईन् । उनी प्रमुख अतिथि भएर उक्त कार्यक्रममा सहभागी हुनु र महिलाले नेतृत्व लिनुपर्ने अभिव्यक्ति दिनुलाई धेरैले पुनः राजनीतिमा फर्किने संकेतको रुपमा लिएका छन् । फोटोः मुकुन्द कालिकोटो /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्