Logo

सुर्खेतमा जिप दुर्घटना: मृतकमध्ये तीन जनाको सनाखत खुल्यो



काठमाडौं,१७ जेठ । सुर्खेतमा जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ।

आज बिहान करिव पौने चार बजेको समयमा सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जिप सुर्खेतदैलेख सडक खण्ड अन्तर्गत वीरेन्द्रनगर-१४ स्थित रातानाङलामा दुर्घटना भएको हो।

जीप दुर्घटनामा कालीकोटको शुभकालीका गाउँपालिका ३ का नमराज विक, तन्त विक र उनका छोरा बिरेन्द्र विकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का एक जनाको भने परिचय खुलेको छैन । शव रुखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दुई जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटनाका बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतलेले जनाएको छ ।

बिहिबार विहान भे १ च २५६० नम्बरको बोलेरो जीप सडकबाट एक सय किलोमिटर तल खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्