Logo

दोस्रो वार्मअप खेलमा आज नेपालले अमेरिकासँग भिड्दै



काठमाडौं,१७ जेठ । ट्वान्टी–२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा नेपाल आज अमेरिकासँग खेल्दै छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग खेल्न लागेको हो ।

खेल राति सवा ९ बजेबाट सुरु हुनेछ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तरले हारेको थियो ।

आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदै छ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् ।

त्यसअघि नेपालले वेस्ट इण्डिजमा पनि अभ्यास खेल खेलेको थियो। सेन्ट भिसेन्टमा स्थानीय टिम विन्वार्ड भोलक्यानोजविरूद्धको सिरिजमा नेपाल विजयी भएको थियो।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।



प्रतिक्रिया दिनुहोस्