Logo

केपी ओलीले लेखेको क्रिकेटको गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको शब्द रहेको गीत सार्वजनिक भएको छ । क्रिकेट प्रेमीहरूको ध्यान विश्वकपमा केन्द्रित भइरहेको बेला ओलीले ‘चान्स पायो कि नेपालीले गर्छ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

ओलीको रचनामा सार्वजनिक भएको गीतमा सशस्त्र प्रहरीका ईन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वरमा सुन्न सकिन्छ । उनलाई गितमा आर.सी रिमालले साथ दिएका छन् । त्यस्तै साहस शाक्यको संगीत संयोजन रहेको छ ।

एक दशकपछि टी-२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाको साथै हौसला बढाउन गित सार्वजनिक गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्