Logo

दलाल दलतन्त्र र लुटकारि व्यवस्थाविरुद्ध आजपाले बागमती प्रदेशभर प्रदर्शन गर्ने



काठमाडौं । पूर्व मन्त्री प्रभु साह नेतृत्वको पार्टी आम जनता पार्टी (आजपा) ले दलाल दलतन्त्र र लुटकारि व्यवस्थाविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगरको उपस्थितमा बागमति प्रदेशको बुधबार बसेको बैठकले दलाल दल तंत्र र लुटकारि व्यवस्थाविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

आजपाले सो कार्यक्रमअन्तर्गत बागमतीका १३ओटै जिल्लामा हुने प्रदर्शनको मिती तय गरेको छ ।

आजपाले काभ्रे, सिन्धुपाल्चोक ,सिन्धुलि, रामेछाप र दोलखा मा असाढ ८ गते बनेपामा प्रदर्शन गर्ने उक्त प्रदर्शनलाई सफल बनाउन प्रदेश अध्यक्ष रमेश थपलियाको संयोजकत्वमा २१ जना सदस्य रहने गरि समिति बनाएको छ ।

त्यस्तै मकवापुर ,चितवन ,धादिङ, रसुवा र नुवाकोटको संयुक्त प्रदर्शन असाढ १५ गते धादिङको गल्छीमा गर्ने। प्रदर्शनलाई भब्यताका साथ सफल बनाउन पार्टी सचिव देबि पण्डितको संयोजकत्वमा १९ सदस्यीय संयुक्त प्रदर्शन आयोजक समिति पनि गठन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्