Logo

३० हजार घुस लिने मालपोत कार्यालयका सुब्बामाथि भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरी खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा खनालविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्