Logo

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय एक साता बन्द



काठमाडौं । अत्याधिक रुपमा गर्मी भएपछि कैलालीको धनगढी उपमहानगरपािलकाले एक साताका लागि विद्यालय बन्द गरेको छ ।

उपमहानगरले आज एक सूचना गारी गर्दै आजबाट २४ गतेसम्मका लागि विद्यालय बन्द गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिइएको उल्लेख गरेका छन् । खातीले गर्मी अत्यधिक बढेपछि बालबालिकाको स्वास्थमा पर्न सक्ने असरलाई ख्याल गर्दै बिदा दिइएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्