Logo

वामपन्थी शक्तिहरुलाई एकतावद्ध गर्न जोखिम उठाइएको छः प्रधानमन्त्री प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्तिहरुलाई एकतावद्ध गराउन जोखिम उठाएको बताएका छन् । आज (बिहिबार) जनसांस्कृतिक महासंंघ नेपालको आठौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले देशभक्त वामपन्थी शक्तिहरुलाई एकतावद्ध गर्न विगतदेखि अहिलेसम्म जोखिम उठाइरहेको बताएका हुन् । उनले सामाजिक न्याय, समृद्धि र सुशासनको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु रहेको बताए ।

समाजवादी मोर्चा बनाउने वा वामपन्थी ध्रुवीकरणका निम्ति पहल गर्ने कुरा समाजवादको आधारसँग सम्बन्धित रहेको पनि उनले बताए । प्रधानमन्त्री प्रचण्डले क्रान्तिको बाटो सरल रेखामा नजाने बताउँदै आफूहरु रणनीतिक रुपमा कता जाँदैछौं भन्ने कुरा ख्याल राख्नुपर्ने बताए ।

‘हामीले के ध्यान दिन जरुरी छ भने हामीले रणनैतिक रुपमा हामी कतातिर सोझिँदैछौं ? हामीले बनाइराखेको समाजवादी मोर्चा, सबै देशभक्त शक्तिहरुलाई एकतावद्ध गर्ने, सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध गर्न उठाएको जोखिम, मलाई धेरै कुरा भन्ने समय छैन, जोखिम उठाइएकै छ । राष्ट्रको निम्ति, वर्ग र जनताको निम्ति फेरि पनि नयाँ आन्दोलनको तयारीका रुपमा हामी अगाडि बढिराखेकै छौं,’– उनले भने ।

सरकारले समाजिक न्याय, सुशासन र समृद्धिको कुरामात्रै नगरेर नीति कार्यक्रम बजेटमा समेत समाजवादका भ्रुणहरु रोप्ने प्रयास गरेको उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्