Logo

राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत



काठमाडौं, १७ जेठ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको उक्त भ्रमणलाई स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।

राष्ट्रपति पौडेले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी जेठ ३१ गते स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन त्यसतर्फ जानेछन् । सो पश्चात उनी संघीय गणतन्त्र जर्मनीको भ्रमणमा जानेछन् ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशेष श्रेणीको पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा गरेको छ । उनीहरुलाई क्रमशः नायव महान्यायाधिवक्ता, न्यायापरिषद सदस्य र रजिस्टार पदमा पदास्थापना गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा अस्पताल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृती दिने निर्णय गरेको छ । वन दोस्रो संशोधन नियमावली २०२१ स्वीकृत भएको छ ।



प्रतिक्रिया दिनुहोस्