Logo

सिन्धुलीको गोलन्जोरमा यात्रुवाहक बस दुर्घटना



काठमाडौं, १७ जेठ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं–७ स्थित तल्लो बारामा यात्रुवाहक बस दुर्घटना भएको छ ।बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५ः३० बजे आसपासमा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार बस सडकबाट १० मिटर तल खसेको थियो । बसमा २८ जना सवार थिए । प्रहरीका अनुसार घाइतेहरुको उद्धार गरी स्थानीय खुर्कोटको सुनकोशी सामुदायिक अस्पताल र नवजीवन अस्पतालमा उपचार भइरहेको छ । हाल प्रहरी घटनास्थलमा खटिइसकेको र उद्धार जारी रहेको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्