Logo

डिआईजी विष्णु केसीद्वारा जिल्ला प्रहरी कार्यालय धादिङको निरीक्षण, अनुगमन तथा निर्देशन सम्बोधन



काठमाडौं, ७ जेठ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णुकुमार केसीले जिल्ला प्रहरी कार्यालय धादिङको निरीक्षण, अनुगमन गरेका छन् ।डिआईजी केसीले जिल्ला प्रहरी कार्यालय धादिङको भवन, व्यारेक, मेश, पेरिमिटर, लगायत सम्पूर्ण शाखाहरूले गरेका कामकारवाहीको अभिलेखिकरणको निरीक्षण गरेका थिए ।

उनले कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत यूनिट ईन्चार्जहरु लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निति निर्देशन तथा सम्पूर्ण प्र.कहरुले आ–आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ गर्न गराउन तथा कार्य सम्पादन सम्झौताका विषयहरुलाई परिणाम मूखी बनाउन निर्देशन दिएका थिए ।

प्रहरी कर्मचारीहरुको गुनासो पिरमर्का बुझ्नुका साथै नेपाल प्रहरीको छविमा आँच आउने कार्य नगर्नसमेत उनले निर्देशन दिए । सो क्रममा शान्ति, सुरक्षा र अमनचयन तथा अपराध नियन्त्रणमा थप तदारुपता बढाउन डिआईजी केसीले निर्देशन दिएका थियो ।



प्रतिक्रिया दिनुहोस्