काठमाडौं, १९ जेठ । नेसन फस्ट अभियानका अभियन्ताहरुले अमेरिकाले सन्दीप लामिछानेलाई भिसा दिएकोप्रति आपत्ति जनाएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले सन्दीपलाई अमेरिकाले प्रतिशोधपूर्ण व्यवहार गरेर भिसा नदिएको बताएका हुन् ।
अभियन्ता एसपी साहले अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपाली जनतालाई अपमान गरेको बताए । सन्दीपलाई भिसा नदिएर अमेरिकाले ठूलो गल्ती गरेको उनको भनाइ छ । नेसन फस्ट अभियानले अब अनअराइभल भिसा रोक्ने उनको चेतावनी छ । सरकारले राष्ट्रप्रतिको जिम्मेवारी बहन गरेर अमेरिकीहरुलाई भिसा दिन रोक्नुपर्ने बताए ।
‘सन्दीप लामिछाने खेलाडीमात्रै होईनन् । यो देशको सान हुन्, सम्मान हुन्, प्रतिष्ठा हुन् । आज अमेरिकाले नेपाली खेलाडीलाई भिसा नदिएर ठूलो गल्ती गर्दैछ । हाम्रो देशका नेताहरुलाई यो ठूलो झापड हो । नेपाली जनताको अपमान हो,’– उनले भने ।
अधिवक्ता स्वागत नेपालले अहिलेलाई सन्दीप लामिछाने अपराधी नभएको बताए । देशको अनुहारमा राजनीतिकर्मीहरुले पोतेको कालो पखाल्दै हिँडेका खेलाडीलाई भिसा नदिइनु आपत्तिजनक रहेको उनले बताए ।
अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालीमाथि घृणा गरेको बताए । अब अमेरिकी पनि नेपालमा आउँदा सचेत हुनुपर्ने उनको चेतावनी छ । अब नेपाल सरकारले अनअराइभर भिजा बन्द गर्नुपर्ने उनले बताए ।
‘अब लिनुपर्ने बाटो मुलुकले के हो भन्दा अनअराइभल भिसा बन्द गर्नुपर्छ । यो नेपालका लागि र नेपालको सहयोगी मुलुकका लागिसमेत हितकर हुनेछ,’– उनले भने ।
त्यसैगरी, अर्का वक्ता डा. नन्द्रप्रसाद काप्रीले नेपालको परराष्ट्र सम्बन्ध, राष्ट्रिय हित र समानता बराबरीमा हुनुपर्ने बताए । संविधानमा नै उल्लेख गरिएको उक्त दृष्टिकोण जनतालाई झुक्याउन गरिएको हो कि भन्ने भान भएको बताए । आफूलाई शासक तुल्याएर विदेशीको अगाडि लम्पसार पर्ने नेताहरुले सन्दीपलाई भिसा दिलाउन कुनै प्रयास नगरेको बताए ।
अमेरिकाले पूर्वाग्रही भएर, युवाहरुको मनोबल गिराउने गरी सन्दीपलाई भिसा नदिएको बताए । विश्वकप आयोजक राष्ट्र नै अमेरिका भएको अवस्थामा क्यानले फिसारिस गर्दा अमेरिकाले भिसा दिनुपर्ने बताए । अमेरिकाले पूर्वाग्रह राखेर सन्दीपलाई भिसा नदिएको उनको दाबी छ ।