Logo

बालेनलक्षित ओलीको अभिव्यक्तिः ‘घरको फोहोर छिमेकीको ढोकामा फ्याँक्नु बहादुरी होईन’



काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घरको फोहोर छिमेकीको घरमा फ्याँक्दैमा कोही बहादुर नहुने भन्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलक्षित अभिव्यक्ति दिएका छन् । केही दिनअघि बालेनको निर्देशनमा काठमाडौं महानगरेको गाडीले सडक विभाग अगाडि फोहोर खसालेको थियो ।

सोही घटनातर्फ लक्षित गर्दै ओलीले आज पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा उक्त कार्य गलत रहेको बताए । ‘अर्काको ढोकामा लगेर फोहोर फ्याँक्छ रु कसैले गलत गर्‍यौं भन्न सक्दैन । के हालत होला ? यो गलत हो,’– अध्यक्ष ओलीले भने ।

त्यस्ता प्रकारका क्रियाकलाप स्वतन्त्र र सभ्य समाजमा हुन नहुने ओलीको भनाइ छ । यसो त पछिल्लो समय एमाले अध्यक्ष ओलीले निरन्तर बालेनलक्षित फायर खोल्दै आएका छन् । केही समयअघि एक कार्यक्रममा गरिबको बस्ती भत्काएको भन्दै उनले बालेनको चर्को आलोचना गरेका थिए ।

बालेनलक्षित ओलीको कटाक्षः र्याप गाउनेले बिग्रिए भन्दैमा सबै नेता बिग्रिएका हुँदैनन्



प्रतिक्रिया दिनुहोस्