Logo

दाङबाट जसपा नेपालका प्रचार विभाग प्रमुख बस्नेतसहित १० जना महाधिवेशन प्रतिनिधि निर्वाचित



काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि दाङ जिल्लाबाट पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतसहित दशजना प्रतिनिधि निर्वाचित भएका छन् ।

बस्नेत दाङ क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । त्यस्तै जिल्ला समितिबाट बलदेव चौधरी, राधा चौधरी र सीताराम यादव महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

त्यस्तै दाङ निर्वाचन क्षेत्र नंं २ बाट २ जना र निर्वाचन क्षेत्र नंं १ बाट ४ जना निर्वाचित भएका छन् ।

जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठ २८ गतेदेखि जनकपुरमा हुँदैछ । महाविधेशनमा करिब एक हजार १ सय प्रतिनिधि हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्