Logo

एनपीए बागमतीको आयोजनामा फार्मासिस्टहरुका लागि एक दिने कार्यशाला सम्पन्न



काठमाडौं, २० जेठ । नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए) बागमती प्रदेशको आयोजनामा चितवनमा फार्मासिस्टहरुका लागि एक दिने कार्यशाला सम्पन्न भएको छ । एनपीए बागमती प्रदेशका अध्यक्ष निर्मल रेग्मीको अध्यक्षतामा हिजो (शनिबार) अस्पतालहरुमा गुणस्तरीय औषधि सुनिश्चिता र व्यवस्थापनका लागि ‘ईन्स्योरिङ मेडिसिन्स क्वालिटि इन कम्युनिटि एण्ड हस्पीटल फार्मेसीस एण्ड जिपीपी, जिएसडिपी वीथ एक्सपाईरी म्यानेजमेन्ट’ विषयक कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एनपीए अध्यक्ष ललित मोहन पन्तले फार्मेसीलाई सहज तरिकाले चलाउने कुरामा फर्मासिस्टहरु सजक हुनुपर्नेमा जोड दिए । उनले सही तरिका अवलम्बन गरी गुड फार्मेसी प्राक्टिस (जीपीपी) को अवधारणालाई आत्मसाथ गर्दै फार्मेसी चलाउनुको विकल्प नरहेको बताए । कार्यक्रममा पीक्यूयम् प्लसका सिनियर टेक्निकल एडभाइजर अच्युत विक्रम थापाले औषधीको गुणस्तर निर्धारण गर्ने विषयमा सबै पक्षको उत्तिकै हात रहेको बताए ।

कार्यशालामा प्रशिक्षकसमेत रहेका थापाले विभिन्न टेस्टहरु फार्मेसीहरुमा नै टेस्ट गरी औषधिको गुणस्तर निर्धारण गर्ने कार्य सुरु गरेको बताए । कार्यक्रममा प्रशिक्षक एवं औषधी व्यवस्था विभाग वीरगञ्जका प्रमुख किरण सुन्दर बज्राचार्यले जीपीपीअन्तर्गत फार्मेसीहरुमा बस्ने फार्मासिस्टहरुको नियत परिवर्तन हुनुपर्ने भन्दै प्रोफेसन् र अकुपेसनको बारेमा आफू प्रष्ट हुन आग्रह गरे ।

यसैबीच नेपाल फर्मास्युटिकल एसोसिएसन बागमती प्रदेशका सचिव सन्दीप पाठकले फर्मासिस्टहरुको क्षमता अभिवृद्धि कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने भएकाले आगामी दिनमा समेत एनपीएले फर्मासिस्टहरुका लागि विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

सो कार्यशालामा औषधी गुणस्तर, म्याद नाघेका औषधी व्यवस्थापन र लागूऔषध व्यवस्थापनलगायत विविध विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा ८६ जनाले सहभागिता जनाएका थिए।



प्रतिक्रिया दिनुहोस्