काठमाडौं,२० जेठ । नेकपा माओवादी केनद्रका सांसद देवेन्द्र पौडेलेल १५ वर्षपछि ऐतिहासिक बजेट संसद्मा पेश भएको दाबी गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै माओवादी केन्द्रका सचिवसमेत रहेका पौडेलले सो दाबी गरेका हुन् ।
“पछिल्लो चार पाँच वर्ष बजेट लयमा हिँडेको थिएन । अहिलेको बजेट त्यसलाई लयमा हिँडाउने गरी आएको छ,” उनले भने ।
२० खर्बको आसपास बजेट आउँदा बजेटले गति लिन्छ भन्ने लागे पनि अर्थमन्त्रीले १८ खर्बमै बजेट रोक्नु उपलब्धि भएको उल्लेख गरे । दुई खर्ब वैदेशिक र आन्तरिक ऋणबाट तीन खर्ब ऋण जुटाउने भनि किटान गरी ल्याएको बजेट कार्यान्वयनको बाटोमा हिँड्ने विश्वास व्यक्त गरे । उनले बजेट मुलुकलाई सही बाटोमा अघि बढाउने गरी आएकाले आफ्नो पार्टीले दृढतापूर्वक समर्थन गर्ने पनि बताए ।