Logo

‘अर्थमन्त्रीज्यूको समय भएन कि वा ध्यान पुगेन, नियतै त्यस्तो भनेर चाहिँ म शंका गर्दिन’



काठमाडौं,२० जेठ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेका आयोजनाहरुमा बजेट कटौती भएको बताएका छन ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले समग्रमा बजेट सञ्तुलितनै भएपनि सत्ता साझेदार दलसँग छलफल नगरेको बताए । ‘अलिकति अपनत्व लिने कुरामा कन्जुस्याइँजस्तो देखियो, जस दिने कुरामा पनि त्यस्तो देखियो । यो अलमलिनुपर्ने कुरा थिएन,’ बास्कोटाले भने, ‘नेकपाकै सरकार, केपी ओलीकै सरकार भएको सन्दर्भमा अहिलेको अर्थमन्त्रीज्यू आफैं पनि मन्त्री हुनुहुन्थ्यो त्यो क्याबिनेटमा ।’२०७४ पछि ७८ सम्म अनेक चिजमा शिक्षामा, स्वास्थ्यमा, भौतिक पूर्वाधारमा, आर्थिक वृद्धिदरमा, पुननिर्माणमा, विद्युतीकरण लगायत सबै क्षेत्रहरूमा जुन स्तरको प्रगति भयो, त्यो असाधारण छ । तथ्यहरुले त्यही बताउँछ । त्यो चाहिँ लेराइदिनुभएको भए राम्रो हुन्थ्यो । रेल्वेदेखि सप्पै कुराहरूमा त्यो देखिन्छ । अलिकति ओझेलमा पर्‍यो कि भन्ने लाग्छ, अब अर्कोपल्ट ध्यान दिनुहोला । यो पल्ट त आइहाल्यो ।’

बाँस्कोटाले यसपटकलाई यस्तै भएपनि अर्कापटक ध्यान दिन आग्रह गरे । ‘दुखेसो चाहिँ के छ भने सरकारको प्रमुख घटक, मेन पिल्लरसँग खासै सल्लाहसुझाव गरेको बुझिएन । अरु क्षेत्रहरुसित के भयो, त्यो पनि थाहा भएन,’ पूर्वमन्त्री बास्कोटाले भने, ‘यो राम्रै छ, सन्तुलितै छ । तर यसलाई अझै राम्रो बनाउनका लागि चाहिँ थप छलफल गर्‍या भए हुन्थ्यो, अब अर्थमन्त्रीज्यूको समय भएन कि वा ध्यान पुगेन, नियतै त्यस्तो भनेर चाहिँ म शंका गर्दिन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot