काठमाडौं, २० जेठ । पूर्वसहसचिव सावित्री राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । सर्वोच्च अदालतले पूर्वसहसचिव राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
राजभण्डारीलाई विशेष अदालतले २०६९ मंसिर ११ गते दोषी ठहर गरेको थियो । राभभण्डारीलाई विशेषले २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ विगो, त्यतिनै जरिवाना र एक वर्ष कैद सजाय सुनाएको थियो ।
सो मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसला सदर गरेको हो ।