Logo

लागूऔषधसहित दुई जना पक्राउ



काठमाडौँ, २० जेठ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ (३० ग्राम) सहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ घर भई बस्ने ३६ वर्षीया सपना भुजेल र ४१ वर्षीय कुमार भुजेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

‘विशेष सूचनाका आधारमा कोटेश्वरस्थित एक रेष्टुराँमा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेका छौँ,’– उनले भने ।

पक्राउ परेकाको साथबाट प्रहरीले डिजिटल तराजु दुई थान तथा नेपाली नगद ५५ हजारसमेत बरामद गरिएको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्