Logo

प्रचण्डलाई भेटेलगत्तै माधवले बोलाए सचिवालय बैठक



काठमाडौं,२१ जेठ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । दिउँसो साढे १२ बजे बस्नेगरी बैठक बोलाईएको छ । आजको सचिवालय बैठकमा महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल हुनेछ । सचिवालय बैठकले आजै मधेस प्रदेशका मन्त्रीहरू फिर्ता बोलाउनेछ ।

मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ । नयाँ सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने सत्तारुढ दलको तयारी छ । मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिँदैछन् ।

आज बिहानमात्र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्डलाई भेटेलगत्तै माधवले सचिवालय बैठक डाकेका हुन् ।



प्रतिक्रिया दिनुहोस्