काठमाडौं,२१ जेठ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले एकीकृत समाजवादीकै कारण आफ्नो पार्टी सरकारमा सामेल हुन नसकेको प्रष्ट पारेको छ ।
सोमबार कैलालीको धनगढीमा प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पत्रकार सम्मेलनको आयोजना गर्दै एकीकतृ समाजवादीका अध्या माधवकुमार नेपाल सत्ता गठबन्धनमा भएपनि विपक्षी दलतर्फ केन्द्रीत रहेको र त्यसले गर्दा प्रदेश सरकारमा सामेल हुने वातावरण बिग्रिएको जिकिर गरे । पूर्व मुख्यमन्त्री समेत रहेका रावलले माधव नेपाल सच्चिएको दिन एक मिनेटभित्रमै आफ्नो पार्टी सरकारमा सामेल हुने प्रष्ट पारे ।
‘माधव नेपाल खुट्टा उचालिरहेका छन् । यता हामी सरकारमा जाने तयारी गर्छौ उता खुट्टा उचालिरहेका हुन्छन् । जुन दिन सचिन्छन् खुट्टा उचाल्न छाड्छन् त्यो दिन सरकारमा हामी सहभागी हुन्छौँ’ उनले भने ‘सच्चिएपछि दुई मिनेट लाग्दैन एक छिनमै मन्त्री बन्छन् ।’