Logo

नेदरल्यान्ड्ससँग खेल्नुअघि नेपाली टिमले गर्‍यो युलेसस्थित मन्दिर दर्शन



काठमाडौं,२२ जेठ । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्ससँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासस्थित युलेसमा रहेको पशुपतिनाथ मन्दिर र बौद्ध विहारको दर्शन गरेको छ ।

नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नुअघि टिमले युलेसस्थित पशुपतिनाथ मन्दिर र बौद्ध विहारमा पूजा–आराधना गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्ससँग आफ्नो पहिलो खेल खेल्दै छ । नेपाली समयानुसार राति सवा ९ बजे खेल सुरु हुनेछ ।

पूजाआजापछि सञ्चारकर्मीसँग नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपालले राम्रो तयारी गरिरहेको बताएका छन् । उनले नेपालले वेस्ट इन्डिज र अमेरिकामा गरी करिब एक महिना तयारी गरिसकेको उल्लेख गरे । टिमले राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको उनले बताए ।

। दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपाल र पाचौं पटक विश्वकप खेल्न लागेको नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा आज राती सवा ९ बजेबाट सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्