Logo

रविलाई कांग्रेसको चुनौती: गगनले कहिले, कसरी र कतिमा देशको गोप्य सूचना विदेशीलाई बेचेका हुन् जानकारी गराईओस्, नत्र…



काठमाडौं,२२ जेठ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेका महामन्त्री गगन थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद केसीले सदनमा रहेको व्यक्तिले गोप्य सूचना बेच्छन् भनेर गृहमन्त्रीले लगाएको आरोप क्षम्य नभएको बताए । उनले गृहमन्त्रीले बोलेको कुरा प्रमाणीत गर्न सरकारलाई चुनौती दिएका छ्न ।

‘देशको गोप्य सूचना बेच्ने सांसद यहि संसद्मा छन् भनेर केही दिन अगाडि माननीय उपप्रधान तथा गृहमन्त्रीज्यूले भन्नुभएको छ । त्यो पनि सभामुखलाई साँक्ष्ँी राखेर भन्नुभयो । यो अत्यन्तै गम्भीर कुरा हो । केबल आन्तरिक कुराको सवालमात्र छैन् । यहि संसद्मा रहेका सांसदले गोप्य सूचना बेच्ने सांसद छन् भन्ने करा मुलुकको गृहमन्त्रीले भन्नेकुरा अत्यन्तै गलत कुरा हो । नेपाली जनता हेर्न चाहान्छन् । त्यो को रहेछ । गोप्य सूचना बेच्ने । यसको जानकारी चाहियो । र कहिले, कसरी र कति मूल्यमा देशको गोप्य सूचना बेचेको हो सोबारेमा जानकारी गराईओस्’ उनले भने ।

गत जेठ ६ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेले गगनमाथि देशको गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए । कांग्रेसले लामिछानेको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्