Logo

माधव नेपालले फुर्फुर गर्नुको अर्थ छैन, सरकार छाड्दा पनि हुन्छः एमाले नेता दाहाल (भिडिओसहित)



काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का नेता देवेन्द्र दाहालले बजेटलाई नकारात्मक दृष्ट्रिकोणले हेर्नुपर्ने आवश्यकत्ता नरहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको आवश्यकत्ताको आधारमै बजेट आएको बताएका हुन् । उनले बजेट समग्र समस्या सुधारमुखी रहेको बताए । नेता दाहालले भूकम्प र कोभिडदेखि अहिलेसम्म आइपुग्दा थिल्थिलो भएको अर्थतन्त्रका कारण सोचेजस्तो बजेट नआएपनि यस बजेटले ज्वलन्त समस्याहरुलाई भने समाधान गर्ने बताए ।

‘बजेटलाई नकारात्मक दृष्ट्रिकोणले हेर्नुपर्ने आवश्कत्ता छैन । अहिलेको आवश्यकत्ताकै आधारमा बजेट आएको छ । जुनसुकै सरकार बनेपनि जनताको सबै समस्या समाधान गर्न सक्दैन । नेपालको अर्थतन्त्र थिल्थिलो भएको छ । कोभिडको बेलादेखि नै, भूकम्पको बेलादेखि नै हेर्नुहुन्छ भने अर्थतन्त्र थिल्थिलो भएको छ । सबै समस्या समाधान गर्नसक्छ त भन्न सकिँदैन । आम रुपमा हेर्ने हो भने अहिलेका ज्वलन्त समस्याहरु समाधान गर्ला,’– उनले भने ।

नेता दाहालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले फुरफुर गर्नुको कुनै अर्थ नरहेको बताए । सुदूरपश्चिममा चार जना सांसद भएपनि मुख्यमन्त्री दिएको उनले बताए । उनले यो सरकारमा रहनु माधव नेपालको बाध्यता रहेको बताए । उनले सत्तापक्ष र प्रतिपक्ष दुवैतिर ढल्किएर सरकारमा नरहँदा नै राम्रो हुने बताए ।

‘माधव नेपालले फुर्फुर गर्नुको कुनै अर्थ छैन । यो सरकारमा बस्ने र प्रतिपक्षी दलका नेतासँग छलफल गर्ने उहाँको इथिक्स पनि छैन । मधेशमा हामी छुट्टै ढंगले मधेशवादी दललाई सघाउँछौं भन्ने सुदूरपश्चिममा उहाँका चार जना सांसद् छन् । उहाँलाई दिइराखिएको छ । यो सबै हेर्दा माधव नेपाल भौतारिइरहेको जस्तो देखिन्छ ।’ उनले भने, ‘यस्तो गरेर उहाँ सरकारमा नबसेपनि हुन्छ । माधव नेपालको बाध्यता हो यो सरकार रहनु । उहाँलाई पद चाहिन्छ, उहाँका मान्छेहरुलाई पद चाहिन्छ । पार्टी पनि टिकाउन पर्नेछ । उहाँको आफ्नै भोट कति छ र भनेको ? उहाँले नेपाली कांग्रेस र माओवादीको भोट जोडजाड गरेर जितेका केही सिटहरु छन् । त्यस आधारमा उहाँ बार्गेनिङ गरिराख्नु भएको छ ।’



प्रतिक्रिया दिनुहोस्