Logo

कांग्रेसले खोज्यो सहमतिय सरकार, गौतमले भने: देशलाई जोगाउन मध्यावधिमा जान पनि सकिन्छ



काठमाडौं,२२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन गरेर सहमतिय सरकार बनाउन माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद सञ्जय गौतमले सहमतिय सरकार बनाउन संविधान संशोधन गर्नुपर्ने बताए । “समयमै संविधान संशोधन गर्न सकेनौँ, राजनीतिक स्थिरता र सुशासन दिन सकेनौँ, भ्रष्टाचार अन्त्य गरेर सुशासन दिन सकेनौँ भने यो मुलुकलाई जोगाउन सक्दैनौँ,” उनले भने ।

फरक प्रसंगमा पूर्वमन्त्रीसमेत रहेका गौतमले देशलाई सहि दिशामा लैजानका लागि मध्यावधिमा जान पनि सकिने बताए । ‘मुलुकलाई सहि दिशामा लानैपर्छ । जनतामा आशा र भरोसा दिलाउन सक्नुपर्छ । बरु हामी अर्ली इलेक्सनको कुरा गर्न सक्छौं । त्यसका लागि तयार हौं । यो मुलुकले स्थिर बाटो लिन सक्यो । राजनीतिक दलहरुले आग्रहपूर्वक जुवाको लडाईं भन्दा अलि पर गएर नेपाली जनताले दिएको मौकालाई सदुपयोग गरौं’ ।

उनले स्थानीय र प्रदेश सरकार कसरी चलेको छ भन्ने प्रश्न गर्दै संघीय सरकारले प्रधानमन्त्रीले भनेजस्तो आशा गर्ने ठाउँ नै नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्