Logo

सदनको दृश्यः रविविरुद्ध खनिए चित्रबहादुर, कांग्रेस सांसदले ठटाए टेबल



काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी छ । आजको बैठकमा पनि सांसदहरुले विभिन्न विषयमा आ आफ्नो धारणा राखिरहेका छन् ।

मंगलबार जारी बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सधैझै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छ्न । उनले रविमाथि सहकारी ठगदेखि नेपाली जनतालाई रुवाएकोसम्म आरोप लगाए । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले रवि माथि आरोप लगाईरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले भने समर्थनमा टेवुल ठोकेका छन् ।

‘सत्तामा बस्नेले नै सहकारी अपचलन गर्नेलाई जोगाउने, त्यसमा सामेल हुने गरेका कारण, सदनको काम अवरुद्ध भएको थियो’ केसीले भने, ‘सहकारीको अपचलन गर्नेबारे कार्यकारी प्रमुख र महान्यायाधिवक्ताले सफाइ दिएको देखियो । यो जात्रा नेपाली जनताले देखेका छन् । सरकार या संसद्लाई अप्ठेरो पार्न नभई त्यो आन्दोलन न्यायपूर्ण थियो, नेपाली जनताको पक्षमा थियो ।’



प्रतिक्रिया दिनुहोस्