Logo

युवा उद्यमी पाण्डेद्वारा बाल मन्दिरलाई विभिन्न धार्मिक ग्रन्थ र आर्थिक सहयोग हस्तान्तरण



काठमाडौं, २२ जेठ । युवा उद्यमी एवं लोमस फर्मास्यूटिकल्स प्रा.लि.का डाइरेक्टर प्रनवजङ्ग पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) लाई विभिन्न धार्मिक ग्रन्थहरुसहित आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । डाइरेक्टर पाण्डेले बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

युवा उद्यमी पाण्डेले टीएम मेडिटेसन कोर्शका लागि आर्थिक सहयोग सहयोग गरेका छन् । त्यस्तै, एक हजार थान हनुमान चालिसा, १० थान गीता, १० थान रामायण र १० थान महाभारत हस्तान्तरण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्