Logo

मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय, बहुमत जुटाउन अझै सकस



काठमाडौं,२२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेस प्रदेश संसदीय दलको आज बसेको बैठकले यादवलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

मधेशका मुख्यमन्त्री यादवले भोलि प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । उनले मुख्यमन्त्रीमा निर्वाचित भएपछि भोलि पाँचो पटक विश्वासको मत लिन लागेका हुन् । कांग्रैसका मधेशमा २२ सांसद छन् भने जसपा नेपालका १९ सांसद छन् । यी दुई दलका सांसद जोड्दा ४१ जना पुग्छ । १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ जनाको समर्थन आवश्यक छ ।

एमाले र माओवादी सरकारबाट समर्थन फिर्ता लिएपछि त्यसको २५ औँ दिनमा मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन लागेका हुन । 

मुख्यमन्त्री यादव आफ्नै नेतृत्वमा सरकार रहनेमा अझ पनि विश्वस्त छन् । यद्यपि, विपक्षी दलहरूले भने केन्द्रको सत्तारुढ दलहरूको सहकार्यमा नयाँ सरकार बन्ने बताइरहेका छन् ।  



प्रतिक्रिया दिनुहोस्

Screenshot