Logo

सन्दीपले दिए नेपाली टिमलाई जितको शुभकामना



काठमाडौं, २२ जेठ । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्न गएको नेपाली टिमलाई जितको शुभकामना दिएका छन् । आज (मंगलबार) सामाजिक सञ्जालमार्फत उनले नेपाली टोलीलाई जितको शुभकामना दिएका हुन् ।

लामिछानेले नेपाली टिममा आवद्ध खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शन गरी विश्वभरका नेपालीलाई गर्व महशुस गराउन आग्रह गरेका छन् । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका लामिछानेलाई अमेरिकाले भिसा नदिँदा उनी विश्वकप खेल्नबाट बञ्चित भएका छन् । सरकारले कूटनीतिक नोट पठाउँदासमेत उनलाई अमेरिकी राजदूतावासले भिसा दिन अवस्वीकार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्