Logo

साढे ६ वर्षपछि मधेशबाट सत्ताच्यूत हुँदै जसपा नेपाल



काठमाडौं,२३ जेठ । ०७४ फागुन २ गते तत्कालीन प्रदेश २ को मुख्यमन्त्रीमा लालबावु राउत नियुक्त भएपछि निरन्तर साढ ६ वर्षसम्म मधेश प्रदेशमा एकछत्र राज गर्दै आएको जनता समाजवादीपार्टी नेपाल आजबाट सत्ताच्यूत हुँदैछ ।

मधेशमा हाल जसपा नोपलका सरोजकुमार यादव मुख्यमन्त्री छन् । उनले आज पाँचौ पटक विश्वासको मत लिने तयारी गरेका छ्न । दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकबाट यादवले विश्वासको मत लिनेछन् । सत्ता साझेदार दलहरु नेकपा एमाले, माओवादी र नेकपा एस सरकारबाट बाहिरिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । जसपाबाट मुख्यमन्त्री भएका यादवालाई कांग्रेसले विश्वासको मत दिने भएको छ ।

जसपा विभाजन भएपछि मुख्यमन्त्री यादवको पद धरापमा परेको छ। कांग्रेस र जसपाको सिंगो मत पाउँदा पनि उनको सत्ता जोगिने सम्भावना छैन् ।

मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । उनी आफ्नै दल जसपा नेपाल र कांग्रेसले मात्र विश्वासको मत दिए सरकार जोगाउन सकिदैन् । जसपा नेपालका १९ र कांग्रेसका २२ सांसद छन् । सत्ता गठबन्धन बाहिर रहेका लोसपा अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन् ।

मधेश प्रदेश सभामा १०७ सांसद छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्मा हत्या अभियोगमा अदालतबाट जन्मकैद सजाय पाएकाले निलम्बित छन् । अहिले सरकार बनाउन र टिकाउन ५४ सांसद आवश्यक पर्छ । तर वर्तमान मुख्यमन्त्रीसंग बहुमत पुग्ने सांसदको समर्थन छैन् ।

विश्वासको मत नपाएपछि उनको नेतृत्वको सरकार आजै बहिर्गमन हुनेछ । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि सत्ता गठबन्धनमा आवद्ध दलले दावी पेश गर्नेछन् ।

गठबन्धनमा आवद्ध तीन दल एमाले, माओवादी र जनमत पार्टीले जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरिसकेको छ । सरकारबाट बाहिरिएको नेकपा एस तथा १र१ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी पनि सरकारमा हुने जनाएको छ ।

मधेशमा अब तेस्रो दलको हतबाट फुत्किएको सत्ता चौथो दलमा जाने भएको छ । प्रदेश सभामा एमाले पहिलो र कांग्रेस दोस्रो ठूलो हुन् भने जसपा तेस्रो ठूलो दल हो । तर, मधेश प्रदेशको सरकार अब चौथो ठूलो दल जनमतको हातमा गएको छ । चौथो दलको रुपमा रहेको जनमतले एमाले, माओवादी केन्द्रसँग आलोपालो मुख्यमन्त्री चलाउने गरि सरकार बनाउनेछ ।



प्रतिक्रिया दिनुहोस्