Logo

तीनकुनेको किराना स्टोरमा आगलागी, २ जना घाइते



काठमाडौं । काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा किराना स्टोरमा आगलागी भएको छ ।

बुधबार मध्यान्न तीनकुनेको पाँच तले उक्त घरको अन्डरग्राउण्डमा सञ्चालित एक पसलको स्टोरबाट आगो सल्किएको हो ।

आगलागीमा परि स्टोरमा काम गर्ने २ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो निभाउने प्रयास भएपनि हालसम्म नियन्त्रणमा आइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot