काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कास्कीको पोखरामा सूर्यदर्शन सहकारीबाट पीडित बचतकर्ताहरुले कालो झण्डा देखाएका छन् । आज (बुधबार) पोखराको सभागृहमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रमा सहभागी थिए । सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध विभिन्न नाराबाजी गर्दै पीडित बचतकर्ताहरुले कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सहकारी पीडितहरुको पक्षमा रहेको बताए । उनले कालो झण्डा देखाएर सहकारी पीडितहरुले ठूलो गल्ती गरेको पनि बताए । वर्तमान सरकारले सहकारी पीडितहरुको पाँच लाखसम्म्को बचत फिर्ता गर्ने पनि उनले बताए ।