काठमाडौं,२३ जेठ । अर्थमन्त्री वर्षमान पुनले यर्थाथमा आधारित भएर नै बजेट ल्याईएको हुँदा कार्यान्वयनमा चुनौति नरहेको जिकिर गरेका छन् ।
आगामी आर्थिक वर्ष ०८१/८२ को विनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा मन्त्रीपुनले स्रोतको सुनिश्चितता गरेर नै बजेट ल्याईएको बताउँदै कार्यान्वयनमा चुनौती नभएको बताएका हुन् ।
अर्थमन्त्रीले चालु आर्थिक वर्ष २०८०/८१ मा चालु खर्च ६५.२ प्रतिशत, पुँजीगत १७.२५ प्रतिशत र वित्तीय व्यवस्थामा १७.५५ प्रतिशत रहेकोमा आगामी आर्थिक वर्ष चालु खर्च ६१.३१ प्रतिशत, पुँजीगततर्फ १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.७४ प्रतिशत प्रस्ताव गरिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु खर्चतर्फ न्यून बजेट विनियोजन गरिएको बताए । पुँजीगत खर्चतर्फ बजेट वृद्धि गरिएको अर्थमन्त्रीको भनाइ छ ।
यस्तो छ संसद्मा सांसदहरुले उठाएका प्रश्नमा मन्त्री पुनले दिएको जवाफ