Logo

यौन दुर्व्यवहारको आरोपमा अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर सिवाकोटी पक्राउ



काठमाडौं,२४ जेठ । उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ । तर अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी गराएको छ ।

पक्राउ परेका इन्स्पेक्टर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका हुन्। पीडित बालिकाको उमेर १३ वर्ष भएको बताइएको छ।

काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक अभियान चलाइरहेको थियो । त्यही क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्