काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सरकारले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पठाउने सन्दर्भमा सरकार चुकेको आरोप लगाएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको विषेश समयमा बोल्दै शर्माले बलात्कार मुद्दामा सफाई पाएसँगै उनले स्वत भीसा पाउनुपर्नेमा सरकारले आवश्यक पहल गर्न नसकेको बताए ।
“सम्मानित अदालतले निर्दोष सावित गरेपछि यस बेला सन्दीप लामिछाने हाम्रो प्रतिनिधित्व गरेर मैदानमा खेलेको हुनुपर्थ्योे,” उनले भने, “उनको भिसाका लागि सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो, यसमा कमजोरी कहाँ किन भयो ? खेलकुद, परराष्ट् र समग्र सरकारको यसबारे ध्यानाकर्षण गराउँछौँ ।”