Logo

बालेनले समाजलाई नकारात्मक पथमा हिँडाउन उत्तेजित गराउँदै हुनुहुन्छः महेश बर्तौला



काठमाडौं, २४ जेठ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले समाजलाई नकारात्मक बाटोमा हिँडाउन उत्तेजित गराएको आरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले बालेनले सामाजिक सञ्जालमार्फत तल्लो स्तरका अभिव्यक्ति सार्वजनिक गरेर समाजलाई नकारात्मकतातिर लगिरहेको बताएका हुन् ।

बर्तौलाले बालेनका अभिव्यक्तिहरु महानगरका मेयरको हैसियतबाट स्वभविक नरहेको बताए । उनले भने, ‘जुन तरिका र शैली महानगरका मेयरबाट भइरहेको छ । त्यो महानगरका मेयरको हैसियतबाट स्वभविक प्रकृतिको प्रस्तुतिहरु होईन । सामाजिक सञ्जालहरुमा, मिडियाहरुमा जुनखालको टिक्काटिप्पणी र तल्लो स्तरको अभिव्यक्तिहरु आइरहेको छ । स्ट्याटस लेखेर उहाँले समाजलाई नै नकारात्मक पथमा हिँडाउने गरी उत्तेजित गराउने प्रयत्न गर्दै हुनुहुन्छ ।’

काठमाडौं महानगरपालिका प्रमुख शाहले केही दिनअघि गिरीबन्धु टि स्टेट प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० हजार करोड भ्रष्टाचार गरेको गरेको आरोप लगाएका थिए । उक्त आरोपबारे ओलीभने कुनै प्रतिक्रिया दिन चाहेनन् । तर, एमाले नेता तथा सांसदहरुले भने बालेनको आलोचना र ओलीको बचाउ गर्दै आएका छन् । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot