Logo

गाँजा खेतीबारे छलफल गर्न आरजुले बोलाईन् बैठक



काठमाडौं, २४ जेठ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजा खेतीबारे छलफल गर्न चार मन्त्री र आधा दर्जन बढी सचिवहरूलाई शुक्रबार बिहान ११ बजे बोलाएको छ ।

समितिकी सभापति आरजु राणा देउवाको निर्देशनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षामान पुन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र कृषिमन्त्री ज्वालाकुमारी साहलाई बोलाइएको हो ।

औषधीय प्रयोगका लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउन उद्देश्यले छलफल राखिएको बताइएको छ ।
विभिन्न मन्त्रालयका सचिवसहित विज्ञ सरोकारवाला समेतलाई राखेर गाँजा खेतीबारे छलफल गर्न लागिएको समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot