Logo

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने



काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन स्वीकृति प्रदान गरेको हो ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय भएको छ,’– मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।

मन्त्री शर्माका अनुसार प्रधानमन्त्रीसँग कति जनाको टोली जाने भन्ने अहिले टुङ्गो लागिसकेको छैन । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनपश्चत मोदीले आगामी आइतबार तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिँदैछन् । File Photo



प्रतिक्रिया दिनुहोस्