Logo

महासचिवपछि एमाले उपाध्यक्ष पौडेलेको गृह जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयन, गैरे बने अध्यक्ष



काठमाडौं । सत्तारुढ दल नेकपा एमाले रूपन्देहीको अध्यक्षमा यज्ञ गैरे निर्वाचित भएका छन् । रूपन्देहीको १०औं अधिवेशनबाट गैरे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

नेताहरूबीच बिहीबारनै गैरेलाई अध्यक्ष बनाउनेगरी समझदारी जुटेको थियो । समझदारी जुटेपछि बिहीबार राति अध्यक्षका अर्का उम्मेदवार तेजेन्द्र केसी र खेम लुईंटेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

अधिवेशनबाट उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिलातर्फको उप सचिवमा सुनिता ठठेर पनि सर्वसम्मत भएका छन् । रुपन्देही एमाले उपाध्यक्ष विष्णु पौडेलको गृह जिल्ला हो । यसअघि एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा पनि सर्वसम्मत नेतृत्व चयन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्