Logo

कांग्रेसले एमाले वा माओवादीसँग मिलेर सरकार बनाउने प्रयास गर्दैनः गगन थापा



काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको अवस्थामा आफूहरुले एमाले वा माओवादीसँग मिलेर सरकार बनाउने कुनै प्रयास वा छलफल नगर्ने बताएका छन् ।

आज (शुक्रबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै उनले अहिले कांग्रेस जिम्मेवार प्रतिपक्षीको भूमिकामा रहने बताएका हुन् ।

साथै, पार्टी सभापति शेरबहादुर देउवाले अहिले प्रमुख दलका नेताहरुसँग शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधान पुनरावलोकन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने सन्दर्भमा भेटघाट र छलफल गरिरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्